पोखरामा नेपाल बन्दको आंशिक प्रभाव
पाेखरा | भदौ ७, २०७९
पोखरा: पोखरामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ४ पार्टीले आह्वान गरेको नपाल बन्दको आंशिक प्रभाव परेको छ ।
बन्दका कारण सार्वजनिक सवारी साधन नचलेपछी नागरिकले सास्ती खेप्नु परेको हो ।
पोखराका निजी सवारीसाधन मात्रै छिट्फुट चलेका छन । भने अत्यावश्यक पर्ने एम्बुलेन्स, खानेपानी बोक्ने सवारी साधन तथा सुरक्षा निकायको सवारीसाधन मात्रै गुडिरहेका छन । यसैगरी अत्यावश्यक पर्ने पसलहरु बाहेक अन्य पसलहरु पनि बन्द देखिएका छन् ।
बन्दको प्रभाव परेपनी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन । संभावित घटना रोक्नको लागि मुख्य चोकहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली तैनाथ छन् । नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरुलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि खारेजीको माग गर्दै संयुक्त रुपमा ४ पार्टीले आज नेपाल बन्दको आह्वान गरेका थिए ।
हेरौँ केहि तस्बिरहरु :





पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

